अन्तर्राष्ट्रिय अस्पताल बनाउन जग्गा भेट्टायो बीरले

bir hospital

काठमाडौँ, २९ असार – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्सको कार्यालय सहित बीर अस्पतालको अत्याधुनिक अन्तर्राष्ट्रिय अस्पताल शाखा भक्तपुरमा बन्ने करीब करीब पक्का भएको छ ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेल, न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ लगायतका टोलीले चाँगुनारायण नगरपालिका ११ र १४ वडामा पर्ने दुवाकोटको झौखेलको खाली जग्गा हेरेको थियो । ५७३ रोपनी क्षेत्रफल रहेको सो जग्गा अहिलेसम्म हेरेका मध्ये सबैभन्दा उपयुक्त भएको भन्दै मन्त्री र उपकुलपतिले प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।

मुलुककै सबैभन्दा जेठो अस्पताल बीरलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने सरकारको योजना अनुरुप जग्गा खोजी गरिएको हो । हालको ठाँउमा साँघरो रहेकोले नयाँ ठाँउमा अस्पताल बनाउन लागिएको हो । यद्धपी हालको बीर अस्पताल यथास्थानमै रहनेछ ।

भक्तपुरको झौखेलमा रहेको जग्गा
भक्तपुरको झौखेलमा रहेको जग्गा

उपकुलपति गुरुङले नयाँ स्थानमा न्याम्सको कार्यालय देखी अत्याधुनिक अस्पताल व्लक निर्माण गरिने बताए । उनले उपचारका लागि विदेश जानै नपर्ने गरि अत्याधुनिक उपकरण सहित सुविधासम्पन्न अस्पताल बनाउने सरकारी योजना अनुरुप जग्गा खोजी गरिएको बताए ।

‘नयाँ अस्पताल यस्तो हुन्छ जो सञ्चालनमा आएपछि कुनै व्यक्ति थप उपचारका लागि भन्दै विदेश जानुपर्दैन् ।’उनले राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रूपमा उपचार गर्न पाउने उच्चस्तरीय अस्पतालका रूपमा विकास गरिने बताए ।

सरकारले वीर अस्पताल सञ्चालनका लागि उपत्यकाभित्र ५ सयदेखि हजार रोपनी जग्गाको खोजी गरिरहेको थियो । सरकारले बजेट भाषणमा पाँच सय रोपनी क्षेत्रफलमा वीर अस्पताल सारेर अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको छ ।

सरकारले उपत्यकाकै विभिन्न ९ स्थानमा जग्गा खोजी गरे पनि उपयुक्त जग्गा पाएको थिएन । अर्थमन्त्री पौडेल लगायतको टोलीले सानोठिमीस्थित हवाई विभाग र सानोठिमी क्याम्पस रहेको क्षेत्र तथा चाँगुनारायण नगरपालिका ११ र १४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज आसपासको जग्गा अवलोकन गरेका हुन् ।

अवलोकनपछि मन्त्री पौडेलले चाँगुनारायण मन्दिरको काखको जग्गा उपयुक्त भएको भन्दै वीर अस्पताल बनाउने जग्गाको टुंगो लगाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *