बैतडी खुला दिसामुक्त जिल्ला घोषणा

बैतडी, २८ असार – बैतडीलाई आज देशकै ३८ औं तथा सुदूरपश्चिमको पाँचौं जिल्लाका रुपमा खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्लामा रहेका ५६ गाविस र दुई नगरपालिकाका सबै घरधुरी र सार्वजनिक संस्थामा ४७ हजार ६६६ शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई आज एक औपचारिक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा २०६८ सालमा महाकाली गाविसलाई खुला दिसामुक्त घोषणा गरेसँगै सुरु भएको सरसफाइ अभियानले आज पाँच वर्षपछि मूर्त रुप लिएको हो । ‘सफा गाँउ सफा सहर, बैतडीवासीको साझा रहर’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले खुला दिसामुक्त घोषणा गरे।

सो अवसरमा मन्त्री सिंहले मुलुक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेकाले अहिले सरकारे परिवर्तनभन्दा पनि संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । उनले भने, “अहिले जनताले राष्ट्रिय सहमति चोकका छन्, सरकार परिवर्तन होइन ।” यसअघि गतसालै बैतडीलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको भएपनि त्यो लक्ष्य पूरा हुन सकेको थिएन । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *