सुत्केरीको मृत्यु भएपछि गोदावरी अस्पतालमा तनाव

मोरङ, २८ असार –  उर्लाबारी – ४ स्थित गोदावरी अस्पतालमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ ।
प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु भएको हो । खड्काको मृत्युपछि आफन्त तथा स्थानीयवासीले चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन् ।

गए राति सफल शल्यक्रियाका साथ पहिलो सन्तानका रुपमा शिशु (छोरी)जन्मिए पनि सुत्केरीको आज बिहान मृत्यु भएको हो । अस्पतालमा डा बिपी कर्णले शल्यक्रिया गरेका थिए । चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको बताउँदै मृतकका आफन्तले हस्पिटलमा तोडफोड समेत गरेका छन् ।

शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । स्पतालमा परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *