आयुर्वेद डाक्टरको पनि शैक्षिक प्रमाणपत्र छानविन गरिदै

nardevi

काठमाडौँ, २८ असार –  अब आयुर्वेद चिकित्सकहरुको पनि शैक्षिक प्रमाणपत्र छानवीन हुने भएको छ । आयुर्वेद चिकित्सकहरुको दर्ता तथा नियमन गर्ने निकाय नेपाल आयुर्वेद चिकित्सा परिषद्ले उनीहरुको शैक्षिक प्रमाणपत्र छानवीन गर्न लागेको हो । परिषद्बाट अहिलेसम्म ३८ विशेषज्ञ सहितका ५२५ जना चिकित्सकले लाइसेन्स लिएका छन् ।

परिषद्का अध्यक्ष डा. झलक शर्मा गौतमले कतिपय चिकित्सकको प्रमाणपत्रका बारेमा उजुरी परेपछि छानवीन गर्न लागेको बताए । उनले भने, नेपाल मेडिकल काउन्सिलमा जस्तै हाम्रोमा पनि छानवीन गर्न व्यापक दवाव आएको छ । उजुरी परेको छ । त्यसैले परिषद्ले पनि सबैको प्रमाणपत्र छानवीन गर्ने निस्कर्षमा पुगेको छ ।

दुई खालका चिकित्सकहरुलाई लाइसेन्स उपलव्ध गराउने परिषदले दर्ता भने तीन खालका जनशक्तिको गर्ने गरेको छ । परिषदले एडीएमएस स्नातकोत्तर तह (जसलाई आयुर्वेद तर्फको विशेषज्ञ चिकित्सक भनिन्छ), बीएएमएस( स्नातक) तहको लाइसेन्स प्रदान गर्छ । त्यस्तै आयुर्वेद हेल्थ असिस्टेन्स ( एएचए) र आयुर्वेद अहेव( एएएचडव्लु)को समेत दर्ता गर्छ ।

काठमाडौँको नरदेबीमा त्रिभुनवन विश्वविद्यालय अन्तर्गतको बीएएमएस र एमडीको पढाई सञ्चालन भइरहेको छ भने नेपाल संस्कतृ विश्वविद्यालय अन्तर्गतको केन्द्रीय विद्यापिठ विजौरी दाङ्गमा बीएएमएस अध्ययन हुन्छ ।

एएचए र एएएचडव्लु भने १३ वटा संस्थामा पढाई हुने गरेको छ । ती मध्ये अधिकांश सीटीइभीटीको सम्वन्धनमा सञ्चालित हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “आयुर्वेद डाक्टरको पनि शैक्षिक प्रमाणपत्र छानविन गरिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *