यी हुन् रुँनुका फइदा

- नेपाली हेल्थ

runu
रुँदा आँखाको दृष्टी क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा आँखाको नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन र दृष्टि क्षमता बढ्छ ।

 जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।

 शरीरमा म्याग्नीज बढी हुँदा उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मानिसले हल्का महसुस गर्छन् ।

 अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।

 समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ । रुँदा मन सफा हुन्छ ।

रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ । महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष ७ पटक । मान्छे औषत ६ मिनेट रुन्छ ।


Facebook Comment


थप समाचार