लापरबाहीपूर्वक औषधिजन्य फोहर फ्याक्ने बिरुद्ध कार्बाही तिब्र

मोरङ २७ असार – जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ ।

सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा आइतबार फ्याकिरहेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको थियो ।

विराटनगरको फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट प्रालि जेभीका सञ्चालक सदस्य देवी आचार्यले बजार अनुगमन गरिरहेको बेला विराटनगरको देवकोटा चोकमा रहेको जनस्वास्थ्य कार्यालयले फोहर फ्याकेको हो ।

विराटनगर उपमहानगरपालिकाका फोहरमैला व्यवस्थापन शाखाका प्रमुख हीरालाल यादवले जनस्वास्थ्य जस्तो कार्यालयले फोहर व्यवस्थापनमा गम्भीर नभएको उल्लेख गर्दै कार्यालयलाई आइतबारनै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको जानकारी दिए । सडकमा फ्याकिएका फोहरमा अधिकांश सिरिन्ज, प्याड थिए । उपमहानगरपालिकाको नगर प्रहरी घटनास्थलमा बोलाएर फोहर फाल्ने सहयोगी कर्मचारीलाई उपमहानगरपालिका कार्यालय पु¥याइएको थियो ।

फोहरमैला शाखा प्रमुख हीरालाल यादवले जथाभावी फोहर गर्नेलाई ऐनअनुसार रु एक लाखसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको बताए । वेस्ट मेनेजमेन्टले केही दिनदेखि जथाभावी फोहर फ्याक्ने विरुद्ध बजार अनुगमन तीव्र पारेको छ । नगरक्षेत्रलाई फोहरमुक्त बनाउने अभियानअनुरुप वेस्ट मेनेजमेन्टले तत्कालै कारबाही गर्ने नीति लिएको हो ।

बजार अनुगमनका क्रममा घरबाट फोहर फ्याक्ने दर्जनौँ घरधनीलाई सचेत गराइसकेको सञ्चालक आचार्यले बताए । उनका अनुसार एक पटकलाई सचेत गराउने अटेर गरेमा फोहरमैला ऐनअनुसार कारबाही गरिने छ ।

हाल विराटनगरमा दैनिक ८० मेट्रिक टन फोहर थुप्रिने गरेको तथ्याङ्क छ । फोहर सङ्कलनका लागि संस्थाले २० वटा ट्र्याक्टर प्रयोगमा ल्याएको छ ।

सञ्चालक आचार्यका अनुसार दैनिक १०० भन्दा बढी सफाइकर्मी फोहर सङ्कलनका लागि परिचालन गरिएको छ । विराटनगर उपमहानगरपालिकाले गत वर्ष शौचालयको फोहर नालामा मिसाउने आर के चिल्ड्रेन अस्पताल, ग्रिन क्रस र लाइफ गार्ड अस्पताललाई रु ५०/५० हजार गोल्डेन अस्पताललाई रु एक लाख जरिवाना गरिसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *