दुई तल्ला माथि डा. केसीको अनसन, तल गेटमा होहल्ला !

Untitled-1 copy

काठमाडौं, २६ असार-  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका  डा. गोविन्द केसीले आठौंपटक अनसन सुरु गरेसंगै अस्पताल परिसर तनाग्रस्त बनेको छ ।

डा केसीले अनसन बसेसंगै गणेशमान भवनको मुलगेटमा अनसनको विरोधमा सानो समूहले व्यानर राखेपछि तनाव सुरु भएको हो । उनीहरुले अस्पतालमा अनसन बस्न नपाईने भन्दै केसीको विरोध गरेका थिए ।

तर उनीहरु लोकमानका मान्छे भन्दै केसी पक्षधर विरुद्ध नारा लगाएका थिए । केही क्षण दुई पक्षले एक अर्कामाथि आरोप लगाउदै नाराबाजी गरेपछि केही क्षण अस्पतालको बाताबरण धमिलिएको थियो । यद्धपी ठूलो संख्यामा रहेको प्रहरीले स्थितिलाई सामान्य बनाएको थियो ।

यद्धपी अहिले अवस्था सामान्य उन्मुख भइसकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *