यी हुन् कागती पानी सेवन गर्नुका फाइदा

lamion
कागतीमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ रऔषधीय गुण पनि पाइन्छ र यसको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्छ। यसमा हुने तत्वले मुटुलाई समेत स्वस्थ राख्न मद्दत गर्छ ।

कागतीको रस तातो पानीमा राखेर पिउनाले कलेजो स्वस्थ राख्छ। यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ। कलेजोमा जम्मा हुने विकार सफा मद्दत गर्छ ।

कागती पानीको नियमित सेवनले रक्त चाप पनि सन्तुलित राख्छ। यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ। जसबाट विकार शरीर बाहिर निस्किन्छ। त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ। यसरी रक्त चाप सन्तुलित राख्छ।

कागती पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्छ र यसमा हुने भिटामिन सीले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरूलाई बलियो तुल्याउँछ।

कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरूलाई बाहिर फाल्न पनि सहयोग गर्छ। कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ।

कागती पानीले श्वासप्रश्वास सम्बन्धी समस्या हुनेलाई राम्रो गर्छ र यसले ब्याक्टेरियादेखि बचाउँछ।

तरकारी तथा सलाद काट्ने चपिङ बोर्डमा हानिकारक किटाणु हुन्छन् । त्यसैले यसलाई राम्रोसँग सफा गर्नुपर्छ । चपिङ बोर्ड मात्र होइन, चक्कु वा अन्य किचेनका भाँडाकुँडा सफाइ गर्दा कागतीको प्रयोग गर्नु लाभदायी हुन्छ र यसले हानिकारक किटाणुलाई नष्ट गर्न मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *