हेपाटाइटिसबाट हुने मृत्युको संख्या एड्सबाट भन्दा बढी

heptatise

एजेन्सी – विश्वभर भाइरल हेपाटाइटिसबाट मृत्यु हुनेको संख्या एड्सको कारणले हुने मृत्यु भन्दा बढी देखिएको छ । इम्पेरियल कलेज लन्डन र यूनिभर्सिटी अफ वासिङटन का बैज्ञानिकहरुले सन् १९९० देखि २०१३ सम्मको १८३ देशहरुमा लिइएको तथ्याङकलाई अनुसन्धान गर्दा यस्तो देखिएको हो ।

सो अनुसन्धान नतिजा द ल्यान्सेट नामक जर्नलमा प्रकाशित भएको थियो । नतिजा अनुसार हेपाटाइटिसबाट मृत्यु हुनेको संख्या क्षयरोगबाट हुनेको संख्या भन्दा केही कम र एड्सबाट हुनेको संख्याभन्दा केही बढी देखिएको थियो ।

प्रतिवेदनका अनुसार सन् २०१३ मा भाइरल हेपाटाइटिसको रोकथाम र निवारणको औषधिको बाबजुद पनि मृत्युको संख्या १४ लाख ५० हजार थियो । तर सन् २०१४ मा एड्सबाट मर्नेको संख्या १२ लाख र टि.बी. बाट मर्नेको संख्या १५ लाख थियो ।

भाइरल हेपाटाइटिस ए, बिं, सी, डी, ई गरी पाँच प्रकारका हुन्छन् । जसमध्ये बी, सी र डी शरीरको तरलपदार्थ बाट सर्छ । भने ए र इ संक्रमित खाना र पानी बाट सर्छ ।अनुसन्धानले बी र सी नै मृत्युको मख्य कारण रहेको देखाएको छ । हेपाटाएटिस बी र सी ले कलेजो खराब गरी क्यान्सरको जोखिम समेत गराउँछ ।

संक्रमणको अन्तिम चरणसम्म पनि बिरामीले कुनै प्रकारको लक्षण अनुभव नगर्ने हुँदा पनि मृत्युको संख्यामा बढी भएको बताइएको छ ।
अनुसन्धानमा सहभागी बैज्ञानिकहरुका अनुसार दुई दशक सम्म भाइरल हेपाटाइटिसबाट मर्नेको संख्यामा ६० प्रतिशत ले बढेको छ । तर टि.बी र मलेरियाबाट हुने मृत्युको संख्या भने घटेको पाइन्छ ।

डा. ग्राहम कुक भन्छन्, ‘भाइरल हेपाटाइटिस को उपचारका माध्यम आइसक्दा पनि यसलाई बिरामीसम्म पुर्याउन धेरै कम खर्चिएको छ । यसका औषधिहरु महङगो भएका कारण पनि मृत्युको संख्या बढी भएको हो ।’

मे २०१६ मा बिश्व स्वास्थ्य संघले हेपाटाइटिसको प्रकोप घटाउने योजना ल्याएको छ । योजना अनुरुप सन् २०२० सम्ममा हेपाटाइटिस बी र सी का नयाँ संक्रमण ३० प्रतिशतले घटाउने र मृत्युको संख्यामा १० प्रतिशतले घटाउने लक्ष्य छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *