उमेर सच्याएका प्रहरीका डाक्टर अख्तियारको फन्दामा !

doctor clip

काठमाडौँ, २४ असार – जागिर खान पेश गरेको प्रमाणपत्रमा जन्ममिति नक्कली राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महारजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी तहका डा. महेशमान प्रधान विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

प्रधानले २०५९ जेठ २०मा पहरी नायव उपरिक्षक पदबाट सेवा सुरु गर्नेबेलामा आइएस्सी र बीएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याएको अख्तियारको आरोप छ ।

विशेष अदालतमा दायर रिटमा प्रधानलाई भष्टाचार निवारण ऐन २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार सजायका लागि मुद्धा दायर गरेको जनाएको छ ।

आयोग प्रवक्ता कृष्णहरि पुस्करले नक्कली जन्ममिति राखी झुटो विबरण दिइ भष्टाचार गरेको अभियोगमा हदैसम्मको कारबाहीको माग राख्दै मुद्धा दायर गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *