हाडजोर्नी शिविरबाट सेवाग्राही लाभान्वित

haddiपाँचथर, २३ असार –  जिल्ला अस्पताल पाँचथरमा सञ्चालित निःशुल्क हाडजोर्नी शिविरबाट १८० जना सेवाग्राही लाभान्वित भएका छन् ।

जिल्ला अस्पताल पाँचथरको आयोजना र हिमाली स्वास्थ्य तथा शिक्षा सोलुखुम्बुको तथा लाइन्स क्लब पाँचथरको सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा पाँचथर जिल्लाका विभिन्न गाविस साथै अन्य ताप्लेजुङ, तेह्रथुमका सेवाग्राहीले सेवा लिएका हुन् ।

हाडजोर्नीसम्बन्धी सेवा प्रवाह गरिरहेका डा. मिङमा शेर्पाले शिविरमा दन्त रोगीको पनि उपचार भइरहेको जानकारी दिए।

उनका अनुसार हाडजोर्नीका १२ वटा शल्यक्रिया गरिएको छ । शिविरमा अमिर श्रेष्ठ, बेल्जियम नागरिक डा. पियर सुटलेलगायतले सेवा प्रदान गरिरहेका छन्।

सुलभ र राम्रो उपचारको पहुँचभन्दा टाढा रहेका नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको डा. शेर्पाको भनाइ छ ।

देशका दुर्गम स्थानमा शिविर सञ्चालन गर्दै आएको सो संस्थाले पाँचथरमा सञ्चालन गरेको यो तेस्रो शिविर हो । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *