टाउकोमा पानी जमेकी बालिकाको उपचारमा याचना

दमक, २३ असार – आर्थिक अभावका कारण टाउकोको उपचार हुन नसकेकी दमक–१२ की एक बालिकाका परिवारले सबैसँग सहयोगको याचना गरेका छन् ।

सुवास भुजेलकी एक वर्षीय छोरी पवित्राको जन्मेदेखि नै क्रमशः टाउको ठूलो हँुदै गएपछि उपचार गर्न समस्या भएको भन्दै सहयोगको याचना गरेका हुन्।

स्थानीय लाइफलाइन अस्पतालमा जन्मेकी उनलाई डाक्टरले टाउकोमा पानी जमेको र उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न लान नसकिएको आमा हिन्त भुजेलले बताए।

हिन्तले छोरीको टाउको दिन–दिनै अस्वाभाविक रुपले बढ्दै गएकाले उपचारका लागि सबैसँग सहयोगको याचना गरेकी हुन् । पीडित परिवारले आज यहाँ पत्रकार सम्मेलन गरी छोरी बचाइदिन सबैसँग गुहार मागेको हो । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *