सुदूरपश्चिममाअतिआवश्यक औषधिको अभाव

medicine

डोटी, २३ असार – बर्सात सुरु भएसँगै देखिने विभिन्न प्रकारका सङ्क्रमण र बिरामीका लागि आवश्यक औषधिको सुदूरपश्चिममा अभाव देखिएको छ ।

बर्सातमा दूषित पानी पिउनाले हुनसक्ने आउँ, हैजा, पखालाजस्ता बिरामीका लागि अतिआवश्यक औषधि मेड्रोनिडाजोलको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

बर्खायाममा जुनसुकै समयमा फैलिन सक्ने महामारीलाई ध्यानमा राखी स्टोर गरिने औषधिको अभाव सिर्जना भएपछि सुदूरपश्चिममा समस्या देखिएकोे छ । छिटफुट मात्रामा केही ठाउँमा मेड्रोनिडाजोल, पियुसजस्ता औषधि भए तापनि आवश्यक परेको खण्डमा पर्याप्त मात्रामा नभएको जिल्ला अस्पताल डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासीले बताए ।

डोटीको हकमा मेड्रोनिडाजोलको पूरै अभाव भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । जिल्लाका ग्रामीण भेकमा फैलिन सक्ने महामारीले जतिबेला पनि उग्ररुप लिएमा अस्पतालबाट यस्ता आवश्यक औषधि वितरणमा कठिनाइ हुने देखिएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरालगायत जिल्लामा आवश्यक औषधि बेलैमा नपाएर धेरै बिरामीले सास्ती खेप्नु परेको छ ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *