१७ वटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषित

Khop
काठमाडौँ, २२ असार –  देशका १७ वटा जिल्ला पूर्ण खोप सुनिश्चिता भएका जिल्ला घोषित भएका छन् । ती जिल्लाहरुमा पाल्पा, नवलपरासी, अछाम, खर्घाखाँची, धनकुटा, म्याग्दी, गुल्मी, इलाम, बैतडी, इलाम, कञ्चनपुर, तनहँु, मुस्ताङ, डडेलधुरा, बझाङ, तेह्रथुम, प्यूठान र दोलखा रहेका छन् ।

बुधबार स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाद्धारा आयोजित राष्ट्रिय गोष्ठीमा सो घोषणा गरिएको हो । कार्यक्रममा सहभागीहरु वक्ताले सबै जिल्ला खोप पूर्ण बनाउन खोप कोषको आवश्यक भएको औँल्याए ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले नेपालले खोप कार्यक्रममा प्राप्त गरेको उपलब्धि महत्वपूर्ण भएको बताए । उनले महत्वपूर्ण उपलब्धिका लागि भूमिका खेल्ने स्वास्थ्यकर्मीको उचित मूल्याङ्कन गर्ने र उनीहरुलाई बाहिरी देशमा पनि उच्च तालिम र अनुभवका लागि पठाउने आश्वासन दिए।

उनले भने, “हामी खोपमा आत्मनिर्भर बन्न जरुरी छ । त्यसका लागि मन्त्रालय सकारात्मक छ । खोप कोषलाई बढाउने विषयमा विस्तृत छलफल आवश्यक छ ।”

महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले खोप कोषलाई बढाउन विभिन्न विधामा खर्च हुने रकमबाट केही प्रतिशत कोषमा जम्मा गर्न सुझाव दिइन् ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. पदमबहादुर चन्दले सबै बालबालिकालाई खोपको पहुँचमा पु¥याइ खोप अभावमा हुने मृत्युदर कम गर्न खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे ।

बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. राजेन्द्र पन्तले खोप व्यवस्थापनका लागि हरेक चरणमा विभिन्न निकायको उत्तिकै महत्व रहने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीको भूमिका र व्यवस्थापनमा सहजीकरण आवश्यक छ भने।

कार्यक्रमा पूर्ण खोपयुक्त जिल्लाका खोप सुपरभाइजरलाई स्वास्थ्यमन्त्री चौधरीले प्रमाणपत्र वितरण गरेका थिए ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *