‘फोक्सोमा फोहर पसेपछि स्वासप्रस्वास अवरुद्ध भयो , मुटु रोकियो अनि भेन्टिलेटरमा राख्यौँ’ शशांकका चिकित्सक

sashank

काठमाडौँ, २२ असार – कांग्रेस महामन्त्री डा शशांक कोइराला गम्भीर बिरामी परेका छन् । गए राती देखि लगातार बान्ता भई अचेत भएपछि परिबारले आज विहानै चावहिलस्थित ओम अस्पतालमा पुरयाएका थिए । अचेत अवस्थामा पुगेका कोइरालालाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

चिकित्सकहरुले कोइरालाको फोक्सोमा फोहर जमेको बताएका छन् । ‘त्यसले स्वासप्रस्वासमा अवरोध पुरयायो । जसबाट मुटुको चाल समेत बन्द हुन पुग्यो । त्यसैले भेन्टिलेटरमा राख्नुपरेको हो,’ एक चिकित्सकले नेपालीहेल्थलाई बताए । उनले यतिवेला डा. शशांकको अवस्था अत्यन्तै गम्भीर तर अवस्थामा छिटो छिटो परिवर्तन भइरहेको जनाए ।

‘अहिलेकै अवस्था हेर्ने हो भने अत्यन्तै गम्भीर हो तर छिटो छिटो परिवर्तन भइरहेको छ,’ नेपाली हेल्थसंग उनले भने,  ‘दुई तीन घण्टापछि केही भन्न सकिएला ।’

बिरामी भएको खबर पाउनासाथ विहान बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला समेत अस्पताल पुगेका थिए । केही बेर अघि बाहिरिएका कोइरालाले सम्छिप्त प्रतिक्रिया दिदै भेन्टिलेटरमा उपचार भइरहेको भन्दै अवस्था गम्भीर रहेको बताए ।

पारिबारिक स्रोतका अनुसार हिजो बेलुका पिज्जा खाएका कोइरालालाई रातभरी बान्ता भएको थियो । कोइरालाको अवस्था बुझ्न केही बेर अघि पार्टी सभापति शेरबहादुर देउवा पुगेका थिए । अहिले अस्पताल परिसरमा कांग्रेस नेता कार्यकर्ताको भिड बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *