बेलायती जुनियर चिकित्सकद्वारा सरकारको करार प्रस्ताव अस्वीकार

belayet

लन्डन, २२ असार – बेलायतका जुनियर चिकित्सकहरुद्वारा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रस्ताव गरेको करार योजना अस्वीकारको पक्षमा मतदान गरेका छन् ।

जुनियर चिकित्सकबीच गरिएको मतदान प्रक्रियामा करिब ५८ प्रतिशतले सरकारद्वारा प्रस्तावित करारको विपक्षमा मतदान गरेको मङ्गलबार सार्वजनिक मत परिणामले बताएको छ ।

सरकारद्वारा प्रस्तावित यस सम्झौता योजनालाई ब्रिटिस मेडिकल एसोसिएसनले समर्थन जनाए पनि बहुमत जुनियर चिकित्सकले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।

दश वर्षसम्मको अनुभव भएका चिकित्सकले यस योजनाको विरुद्धमा यस वर्ष धेरै पटक आन्दोलन तथा हडताल गरेका छन् ।

बेलायत सरकारले ल्याएको शुल्क र कार्य अवस्थाको विवादलाई लिएर बेलायतका हजारौँ कनिष्ठ चिकित्सक बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवालाई अझै बढी लचिलो बनाउँदै साप्ताहिक बिदाको समयमा पनि सेवा दिनेगरी सुधारको कार्यक्रम प्रस्ताव गरेको छ । रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *