सुत्केरीको सालबाट प्रसूति अस्पतालमा बायोग्याँस !

prasuti

काठमाडौँ, २१ असार – थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सुत्केरीको साल, नवाजात शिशुको नाल र खेर गएको खानाबाट बायोग्याँस निकाल्ने तयारी गरेको छ । अस्पतालले बायोग्याँसको लागि आवश्यक प्लान्ट निर्माण अन्तिम अवस्थामा पुगेको जनाएको छ ।

दैनिक ६० भन्दा बढी सुत्केरी हुने सो अस्पतालमा साल र नाल गरी ३५ देखी ४० किलो जम्मा हुन्छ । त्यस्तै भर्ना भएका विरामी, आफन्त तथा स्टाफहरुले खाने खानाबाट एक सय किलो फालिन्छ ( खेरा )  जान्छ ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले फोहर व्यवस्थापनलाई मोहरमा परिणत गर्न यस्तो बायो ग्याँसको प्लान्ट निर्माणको योजना सुरु गरेको बताए । उनले दैनिक निस्कने साल र खेर गएको खानाबाट विहान दिउसो बेलुका गरि १५ जना भन्दा बढीलाई खाना खाजा पकाउन पुग्ने ग्यास जम्मा हुने बताए ।

उनले प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै साउनबाट साल नाल टयाक्किमा हाल्ने योजना रहेको बताए । ‘यो महिनामा सबैकाम पुरा हुन्छ । साउनमा हामी साल नाल हाल्न थाल्छौँ । त्यो पूर्णरुपमा पचेर ग्याँस बन्न करीब तीन महिना लाग्छ । दशैअघि देखि हामीले सालनाल र खेरगएको खानाबाट ग्याँस बाल्छौँ र खाना पकाउछौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *