आइसियु सञ्चालनका लागि ४२ लाख रुपैयाँ सहयोग

धनगढी, २१ असार – धनगढी उपमहानगरपालिका—३ बोराडाँडी निवासी देवकीदेवी अवस्थीले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष सञ्चालनका लागि रु ४२ लाख सहयोग गरेका छन्।

अस्पतालमा आज आयोजित कार्यक्रममा श्रीमती अवस्थीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज पाण्डेयलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

श्रीमती अवस्थीले पति कृष्णदत्तको सघन उपचार कक्षमा राखेर समयमै उपचार पाउन नसकी निधन भएको स्मरण गर्दै पतिको स्मृतिमा अस्पतालको सघन उपचार कक्षको व्यवस्थापनका लागि उक्त रकम दान गरेका हुन्।

अस्पतालमा दाताका नाममा लेखिएको शिलालेखको कैलालीका प्रजिअ गोविन्द रिजालले अनावरण गर्नाका साथै दाता अवस्थीलाई सम्मान गरे।

अस्पतालले उक्त रकम सघन उपचार कक्षको व्यवस्थापनका साथै असहाय र गरिबको उपचारमा खर्च गर्ने जनाएको छ । अस्पतालमा एक वर्षअघि सघन उपचार कक्ष स्थापना गरिएको थियो । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *