पीजी प्रवेश परीक्षा काण्डको सम्वोधन नभएको भन्दै केदारभक्त माथेमाले दिए केयु सिनेटबाट राजिनामा

Kedar-bhakta-Mathema-624x535

काठमाडौँ, २१ असार – अख्तियारले हस्तक्षेप गर्दा विश्वविद्यालय मौन बसेको भन्दै सिनेट सदस्य रहेका शिक्षाविद् केदारभक्त माथेमाले काठमाडौँ विश्वविद्यालयको सिनेट सदस्य पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा विश्वविद्यालयका उपकूलपति रामकण्ठ मकाजू मार्फत कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् ।

करीब एक महिना अघि केयुले लिएको पोष्ट ग्राजुएट्स तहको प्रवेश परीक्षाका बेला प्रश्नपत्र चुहावट भएको भन्दै तत्काल नयाँ प्रश्नपत्र तयार गरि परीक्षा लिएको थियो । सो परीक्षा लिन अख्तियारको टोली सहित काठमाडौँबाट विज्ञटोली खटिएको थियो ।

तर सो विषय निकै विवादित बन्न पुगेको छ । माथेमाले पीजी परीक्षा अख्तियारले सञ्चालन गरेको भन्ने खबर प्रकाशित भइरहँदा विश्वविद्यालय मौन बस्नुले समाचारमा सत्यता रहेको भन्दै आफूले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीले मनपरी गरेको भन्दै यसअघि नै  शिक्षण अस्पतालका डा. गोविन्द केसीले कार्कीलाई महाअभियोग लगाउनुपर्ने भन्दै अनसनको घोषणा गरिसकेका छन् । माथेमाको यो राजीनामाले डा केसीको अभियानलाई थप सहयोग पुग्ने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *