खर्च अभावमा दलित बालकको उपचार हुन सकेन

vr{ cefjdf Ps blnt afnssf] plrt pkrf/x'g ;s]g . laBfnoaf6 k9]/ 3/ kms{g] qmddf n8]/ b]a|]xft efFlrPsf 8f]Nkfsf] lqk'/fsf]6 uflj; l:yt j8f g+ # /NnLsf ;ft alif{of afns g/axfb'/ g]kfnLsf] xKtf eO{;Sbfklg pkrf/ ePsf] 5}g . tl:a/ M /fdrGb| Gof}kfg], /f;;, 8f]Nkf

डोल्पा, २१ असार – डोल्पाको त्रिपुराकोट गाविस–३ रल्लीका नरबहादुर नेपालीको खर्च अभावमा उपचार हुन सकेन ।

विपन्न दलित समुदायका उनी नजिकै रहेको महाकवि प्राथमिक विद्यालयबाट पढेर घर फर्कने क्रममा बाटोमा लडेर देब्रेहात भाँचिएर थला परेका छन् ।

कक्षा १ मा पढ्दै गरेका ७ वर्षीय उनको हात भाँचिएको एक हप्ता भइसक्दा पनि उपचार भएको छैन । घरमा राम्रोसँग बिहान बेलुकी छाक टार्न सकिँदैन कसरी उपचार गराउनु, बालकका बुबा सुकलाल नेपालीले भने ।

जिल्ला अस्पतालमा लाँदा लामो समय भइसकेकाले हात बिग्रन लागिसकेको छ अब छिट्टै जिल्ला बाहिर लगेर उपचार नगराए हात काम नलाग्ने हुन्छ भनेर डाक्टरले भनेको नेपालीले बताए ।

सहयोगका लागि सबै परिवार सदरमुकाममा रहेका विभिन्न कार्यालयमा पुग्यौँ तर कसैले दया गरेनन्, हामी गरिबलाई कसले पो सहयोग गथ्र्यो र ? उनले भावुक हुँदै भने।

जिल्ला बाहिर लानलाई एक रुपैयाँ पनि छैन कसरी उपचार गराउनु, कसैले सहयोग गरिदिए छोराले नयाँ जीवन पाउने थियो उनले थपे । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *