आर्थिक बर्ष सकिन ९ दिन बाँकी रहँदा २३ वटा अस्पताललाई बाँढिदैछ ४९ करोड ! (रकम सहित)

काठमाडौँ, २१ असार – स्वास्थ्य मन्त्रालयले २३ वटा सामुदायिक अस्पताललाई ४९ करोड रकम अनुदान स्वरुप बाढ्ने निर्णय गरेको छ । आर्थिक बर्ष सकिन ९ दिन बाँकी रहँदा सूचना निकालेर यसबर्षको अनुदान रकम बाढ्ने निर्णय गरेको हो । अनुदानका लागि ५३ वटा अस्पतालले निवेदन दिएका थिए ।

आर्थिक बर्षको अन्तमा ठूलो रकम भाग लगाउने निर्णय गरेपनि अस्पतालले रकम बुझ्दा सम्म सम्भवत आर्थिक बर्ष नै समाप्त भइसकेको हुनेछ । किनभने अस्पताले रकम बुझ्नका लागि अझै केही प्रक्रिया पुरा गर्नुपर्नेछ ।

जस्तो कि छनौटमा परेका अस्पतालहरुले रकम प्राप्त गर्नका लागि तोकिएको सिलिङ अनुसारको कार्यक्रम बनाई पहिले स्वास्थ्य मन्त्रालयमा पेश गर्नुपर्ने, स्वास्थ्यले निर्णय गरी राष्ट्रिय योजना आयोगमा पठाउनुपर्ने , आयोगले पनि स्वीकृत गरेर स्वास्थ्यलाई पठाएपछि मात्रै सम्वन्धित अस्पतालले रकम बुझ्ने बाटो खुल्ने भएको छ ।

नियम अनुसार आर्थिक बर्षको अन्तमा यसरी ठूलो रकम वितरण गर्नु अवैध हो । तर लामो समय रकम भागवण्डामै झगडा भएपछि यति खेर आएर रकम वितरणको संस्था छनौट र कार्यक्रम बनाउन सूचना निकालेको छ । स्रोतका अनुसार लामो समय देखी मन्त्री रामजनम चौधरी र राज्यमन्त्री मोहमद मुस्ताक आलम सहित मन्त्रालयका बरिष्ठ अधिकारीहरु आआफ्ना नजिकका अस्पताललाई रकम वितरण गर्न लागि परेका थिए ।

यसपटक सामुदायिक अस्पताललाई अनुदान दिनेसम्वन्धी निर्देशिका २०७२ भएकोले सोही अनुसार संस्था छनौट गर्दा ढिलाई भएको मन्त्रालयका अधिकारीहरु बताउछन् ।

कसले कति अनुदान पाए ?

anudan2

anudan1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *