नक्कली आरोपमा पक्राउ परेका चार चिकित्सक धरौटी बुझाएर रिहा

doctor clip

काठमाडौँ, २० असार – शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका चार जना चिकित्सकलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश दिएको छ ।

आदेश पछि चारै जना धरौटी बुझाएर छुटेका छन् । त्यसरी छुट्नेहरुमा अरुणकुमार गुप्ता, गणेश शाह, बुद्धिमान श्रेष्ठ र विनिता मण्डल छन् ।
जिल्ला अदालतले गुप्ता र शाहसंग एक लाख रुपैया र श्रेष्ठ र मण्डलसंग पचास हजार धरौटी बुझाउन आदेश दिएको थियो ।

यस्तै काठमाडौँमा पक्राउ परेकामध्ये थप २ जनालाई सोमबार मुद्दा दायर भएको छ । उनीहरुको मंगलबार थुनछेक आदेश हुने छ । अन्य ६ जनाविरुद्ध मंगलबार सिआईबीले मुद्दा दायर गर्ने तयारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *