दश वर्षीय बालकको तौल एक सय ९२ किलोग्राम !

192 kg

एजेन्सी, २० असार – इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालकको तौल एक सय ९२ किलोग्राम  भएको एजेन्सीले जनाएको छ।

एक सय ९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ। आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्।

‘पेर्माना जन्मदा ३.२ किलो मात्रै थियो। तर, दुई वर्षपछि अकस्मात रूपमा मोटो हुन थालेको थियो,’ उनकी आमाले भनिन्। हाल उनले हरेक दिन एक पटकमा माछा, मासु, सागसब्जी र भातसहित एक सामान्य मानिसले खाने खानाको दोब्बर खाने गरेका छन् र त्यो पनि एक दिनमा पाँच पटक खाने गरेका छन्।

उनका बुवा-आमाले धेरै डक्टरहरूलाई देखाएता पनि हालसम्म मोटो हुनाको कारण पत्ता लगाउन सकेको छैन।

192kg1

192kg2

192kg3

192kg4

1925

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *