आयुर्वेद स्वास्थ्य शिविरबाट छसय लाभान्वित

महोत्तरी, २० असार –  महोत्तरी जिल्लाको मझौरा विसनपुर गाविसमा आइतबार आयुर्वेद स्वास्थ्य शिविरबाट ६०० स्थानीय लाभान्वित भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा सञ्चालित ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट मझौरा विसनपुरसहित वरपरका गाविसका ५९० जना लाभान्वित भएको केन्द्रका प्रमुख डा सुवोध मिश्रले बताए।

सो शिविरमा उदररोग, अम्लपित, स्त्रीरोग, आँखारोग, बाथरोग, दम, रुघाखोकी, ज्वरोलगायतका बिरामीको निःशुल्क उपचार तथा निःशुल्क रुपमा औषधि प्रदान गरिएको डा मिश्रले जानकारी दिए ।

शिविरमा आयुर्वेद निरीक्षक जीतेन्द्रप्रसाद सिंह, जीतेन्द्र झा र नरेश महतोले बिरामीको उपचार तथा औषधि वितरणमा सहयोग गरेका थिए ।

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उद्घाटन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ का सांसद रामदयाल मण्डलले गरेका थिए ।-  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *