स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी तालिम सम्पन्न

brest cancer

जनकपुरधाम, २० असार – महिलामा रोग लुकाउने प्रवृत्तिको कारण पाठेघर तथा स्तन क्यान्सरको अवस्था बढ्दै गएको छ ।

जनचेतना तथा शिक्षाको अभावको कारण उनीहरुले रोगबारे जानकारी नभएकाले रोग लुकाउने प्रवृत्ति बढ्दै गएको हो । यसै क्रममा यहाँ आइतबार आयोजित महिलालाई पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालित तीन दिने पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी तालिम सम्पन्न भएको छ ।

जनकपुर उपमहानगरपालिकाको सहयोग तथा डेभलपमेन्ट नेपालको आयोजनामा सञ्चालित कार्यक्रममा महिलामा बाँझोपन हुने, सुरक्षित गर्भपतन तथा पाठेघर तथा स्तन क्यान्सरबारे जानकारी दिने उद्देश्यले सञ्चालित सो कार्यक्रममा डा धीरेन्द्रकुमार साह, डा प्रभाष यादव, मो नकाबुल राइन, सत्यनारायण मण्डल, दिनेशकुमार मण्डलले सोबारेमा प्रशिक्षण दिएका थिए।

डेभलपमेन्ट नेपालका अध्यक्ष जगदीश साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पिपल प्रोग्रेस संस्थाका अध्यक्ष कमलेश मण्डलले रोग लाग्नुभन्दा रोग लाग्न नदिने, रोग लागे पनि समयमै उपचार गराउनुपर्ने धारणा राखे।

प्रशिक्षार्थीमध्ये गीतादेवी साह र अम्बिका मिश्रले सो तालिमबाट स्तन क्यान्सर तथा पाठेघर रोगबारे थाहा भएकाले हामी सचेत हुने अवसर प्राप्त भएको बताए ।

सो तालिममा सहभागी ३० जना महिलालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *