यी हुन् सुजीका सात फाइदा

suji

सुजीलाई हलुवाका साथै अन्य परिकार बनाएर खाजा, नास्ता तथा पूजाआजामा प्रसादको रुपमा प्रयोग गरेको पाइन्छ । सुजीको सेवनले शरीरलाई निकै फाइदा गर्छ ।

१ . सुजी मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा सुगर बढ्ने खतराबाट टाढा राख्छ ।

२. सुजीको सेवनले भोक लाग्न दिदैन र यसमा प्रसस्त मात्रामा फाइबर हुन्छ । जसका कारण शरीरको मोटोपन नियन्त्रण गर्नुका साथै कोलेष्टेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

३. सुजीमा कार्बोहाइड्रेट प्रशस्त हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र शरीरलाई फूर्तिलो बनाउँछ ।

४.सुजी बिभिन्न पोषक तत्वले भरीपूर्ण हुन्छ । यसमा फाइबर, भिटामिन बी कम्प्लेक्सका साथै भिटामिन इ र मिनरल्स पाइन्छ त्यसैले यो एक सन्तुलित भोजन हो ।

५. सूजीमा खनिज तथा भिटामिन प्रशस्त पाइन्छ जसले शरीरको मांशपेसी संचालनमा मद्दत गर्छ र हड्डी बलियो बनाउँछ ।

६. सुजीको सेवनले शरीरमा रक्तसंचार प्रक्रियामा मद्दत गर्छ र हृदयघात सम्बन्धी रोग लाग्नबाट बचाउनुका साथै मुटु स्वस्थ राख्छ ।

७. सुजीमा आइरन प्रशस्त मात्रामा हुन्छ । जसले शरीरमा रगतको कमी हुनबाट बचाउँछ। र शरीर तन्दुरुस्त राख्नुका साथै एनिमिया रोग लाग्नबाट बचाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *