गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन !

bachha

काठमाडौँ, १९ असार – बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।

परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो । स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका कारण बच्चालाई असर परेको हुन सक्ने बताए ।

आर्थिक अवस्था दयनीय भएका कारण जिल्ला अस्पतालसम्म पुर्‍याएर सुत्केरी गराउने क्षमता उनका श्रीमान् पासवान नेपालीसँग भएन । त्यसपछि दुईै दिन मिठु घरमै व्यथा सहेर बस्न बाध्य भइन् ।

बेथाले च्याप्दै लगेपछि एक सातापछि मिठुलाई गाविस नजिकै सञ्चालित स्वास्थ्य शिबिरमा लगियो । त्यहाँ चिकित्सकले अल्ट्रासाउन्ड गरेपछि बच्चा पेटमै मरेको थाहा भयो ।

डाक्टरहरुले बच्चा मरिसकेको र आमाको समते ज्यान जोखिममा रहेको औंल्याउँदै तत्काल उपचारका लागि सदरमुकाम मार्तडी लैजान सुझाव दिए । पासवानले जसोतसो ऋण गरेर २० हजार जम्मा गरे र जिल्ला अस्पताल लगे । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा. राजन न्यौपानेले शल्यक्रिया गरेर बच्चा निकाले ।

जब बच्च निकालियो, तब पासवानले आँखै अगाडि देखे मरेको बच्चा । मिठुको पेटमा नै महिनासम्म सकुशल हुर्किएको छोरीको २१ दिन अघि नै पेटमै मृत्यु भइसकेको रहेछ । लड्नासाथ तत्काल उपचार गर्न सकिएको भए बच्च बाँच्न सक्ने डाक्टरहरुले बताए । – राजधानी दैनिकबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *