हवाइजहाजमा यात्रा गर्दा किन कान बन्द हुन्छ ?

ear

हवाइजहाज, हेलिकप्टर तथा केबुलकारको यात्रा प्राय सबैलाई रोमान्चक नै लाग्छ । तर रोमान्चक यात्राबीच एउटा समस्याले भने घरि घरि पिरोलिरहेको हुन्छ । त्यो हो कान बन्द हुने अर्थात ढप्प हुने ।

यस्तो समस्या हवाईजहाज वा केवुलकारले उचाई लिदै गर्दा बढी मात्रामा हुने गर्छ । कतिपयमा उचाईबाट तल झर्दै गर्दा पनि हुन सक्छ । कतिपयलाई त पूर्ण रुपमा कान सुन्न हवाइजहाज बाट ओर्लेको १२ घण्टा सम्म्म पनि कुर्नै पर्ने हुन्छ ।

कानले कसरी सुन्छ आवाज ?

हामीले सुन्ने आवाज खासमा हावामा हुने तरङ्गको कारणले हो । आवाजको तरङ्ग कानको बाहिरी नली हुँदै इएरड्रम भनिने झिल्लीमा पुग्छ । र हामी आवाज सुन्छौं । इएरड्रमको अर्को भागमा इउस्टाचियन ट्यूव नामक नली हुन्छ ।

इउस्टाचियन ट्यूव भित्र कान हुँदै नाक, घाँटी आदिमा जोडिएको हुन्छ । योे ट्यूवले भित्री कान भित्र अथवा बाहिर हावा प्रवाह गर्ने काम गर्छ । बुझ्नै पर्ने के भने आवाज राम्रोसंग सुन्न र कान स्वस्थ रहन इएरड्रमको दुबै दिशातिर भागमा उही समान हावाको चाप हुनुपर्छ ।

हवाइजहाज वा केवलकारबाट तलबाट माथि जाँदा के हुन्छ ?

हवाइजहाज तलबाट माथि जाँदा क्याबिनको हावाको चाप कम हुँदै जान्छ । जस्ले गर्दा इयरड्रम बाहिरको हावाको चाप कम तर भित्री कानको हावाको चाप बढी हुन्छ ।

चाप समान पार्न भित्री कानको केही हावा इउस्टाचियन ट्यूव हुँदै घाँटी तथा नाकबाट बाहिर निकिन्छ र यो प्रक्रिया हुने हुँदा हामीलाई केही असहज महसुस हुने तथा कानले नसुनिने हुन्छ ।

यदि तपाइँ रुघाखोकी, ज्वरो आदिले पिडित हुनुहुन्छ भने इउस्टाचियन ट्यूव म्युकसले भरिएको तपाइँलाई अझ तनावमा पार्न सक्छ ।

समाधान के त ?

उचाइ अनुसार हावाको चाप फरक पर्ने हुँदा यो समस्या प्राकृतिक हो । तर पनि यो अवस्थामा तपाइँले आफ्नो असहजतालाई कम भने गर्न सक्नुहुन्छ ।

थुक निल्ने, हाई गर्ने केही खाने, पिउने, चुइगम चपाउने आदि गर्नाले हवाइजहाज तल झर्दा केही हावा इउस्टाचियन ट्यूव हुँदै भित्री कानमा प्रवाह गर्न मद्दत गर्छ । यसले इयरड्रमको दुबै भागमा समान चाप बनाउन मद्दत गर्छ र कानको असहज कम गर्छ । – एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *