सर्पले डसेर एकजनाको मृत्यु

- नेपाली हेल्थ

snake bite

उदयपुर, १८ असार –  मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ ।

उदयपुर जिल्लाको जोगिदह गाविस–४ घर भई गाईघाट–२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको हो ।

आफ्नो घर जोगिदहमा गएर भान्साघरको चुलो लिपपोत गर्ने क्रममा चुलोमुनि प्वालमा लुकिरहेको गोमन सर्पले चौधरीलाई डसेको थियो ।

सर्पले डसेलगत्तै चौधरीलाई उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि विराटनगर लगिएको स्थानीय दीपक चौधरीले बताए। –  रासस


Facebook Comment


थप समाचार