गर्मीमा नाकबाट किन रगत आउँछ ?

dr lal kishor
प्रा.डा. लालकिशोर यादव – नाक, कान, घाँटीरोग विशेषज्ञ

गर्मी मौसममा धेरैको नाकबाट रगत बहने गर्छ । कहिलेकाहीँ अन्य समयमा पनि एक्कासि रगत आएको हुनसक्छ । यसरी नाकबाट रगत आउनुका विभिन्न कारण हुन सक्छन् ।

  • गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफैँ फुट्न जान्छन् र त्यहाँबाट रगत आउँछ ।
  • कुनै पनि चिजले नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई घाउ हुँदा पनि रगत आउन सक्छ ।
  • नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ ।
  • रगतमा हुनुपर्ने प्लेटलेटको कमी हुँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ ।
  • त्यस्तै, रक्तजन्य रोगहरू हुँदा होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ ।
  • मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।

रोकथाम/उपचार

  • नाकबाट रगत जाँदा यसको प्राथमिक उपचार भनेको बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्याप्ने हो । नाक च्यापेर १० मिनेटसम्म अगाडि पट्टि निहुरिने । सो समयमा मुखबाट सास फेर्ने ।
  • यदि १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गई जाँच गर्ने ।
  • नाकको अगाडिको भागमा नसा फुटेर रगत आएको समस्या औषधिबाट नै ठीक हुन्छ भने पछाडि पट्टि समस्या भए एक प्रकारको चक्कीले प्रेसर दिएर रगत रोकिन्छ ।
  • रगत आएका वेला नोजल ड्रप प्रयोग गर्नु उचित हँुदैन । यस्तो ड्रपले तत्काललाई नसा खुम्च्याएर रगत बन्द गरे पनि केही समयमा नै पुन: रगत आउन सक्छ ।
  • एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्ता व्यक्तिले घाममा निस्कँदा होस पुर्‍याउनुपर्छ ।
  • केटाकेटीहरूलाई धेरै गर्मीमा खेल्न दिन हुँदैन । केटाकेटीहरू घाममा धेरै खेल्दा र दौडँदा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ ।
  • रुघाखोकीले नाकमा संक्रमण गराउने हुँदा ख्याल गर्नुपर्छ ।

 

  • प्रा.डा. यादव वीर अस्पताल बीर अस्पतालमा कार्यरत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *