बीस हजार बालबालिकाले लिए पूर्ण खोप

झापा, १८ असार – जिल्लाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।
सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताए । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।
पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताए ।
दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस
सम्पर्क इमेल : [email protected]
-
देशभरका स्वास्थ्य सेवा अवरुद्ध हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन
-
भोलि पनि आकस्मिक बाहेकका उपचार बन्द गर्ने चिकित्सक संघको निर्णय
-
चिकित्सक संघका अध्यक्ष डा. कार्की भन्छन्, ‘अस्पताल केन्द्रीत आन्दोलन भोली पनि निरन्तर’
-
काभ्रे पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
-
आकस्मिक बाहेकका सेवा बन्द गर्दै चिकित्सक तथा अस्पताल सञ्चालक, मर्कामा बिरामी
-
-
नर्सिङ लाइसेन्स परीक्षामा जम्मा १९ प्रतिशत पास !
-
औषधी व्यवस्था विभाग सार्वजनिक गर्यो डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधी कम्पनीको सूची
-
उपभोक्ता अदालतबाट एक पक्षीय आदेश आईरहेको भन्दै राष्ट्रिय चिकित्सक संघ गरायो न्यायपरिषद्को ध्यानाकर्षण
-
नेपालमा क्षयरोग : बार्षिक ६८ हजार नयाँ बिरामी थपिन्छन्, १६ हजार बढीको हुन्छ मृत्यु
-
औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदनलाई सच्याउन स्वास्थ्य मन्त्रालय तयार
-