बीस हजार बालबालिकाले लिए पूर्ण खोप
नेपाली हेल्थ २०७३ असार १८ गते ७:१२ 0 झापा, १८ असार – जिल्लाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।
सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताए । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।
पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताए ।
दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस
सम्पर्क इमेल : [email protected]
-
स्वास्थ्य मन्त्री डा. शर्मा र डब्लुएचओका महानिर्देशक डा. टेड्रोसबीच नयाँ दिल्लीमा भेटवार्ता
-
नेपाल स्वास्थ्यकर्मी संघको लुम्बिनीमा हुन लागेको अधिवेशन प्रति कार्यवाहक अध्यक्षको असहमति
-
नेपाल मेडिकल काउन्सिलकाे निर्वाचन आजबाट, कहाँ कहाँ हुदैछ मतदान ?
-
नेपाल चिकित्सक संघ : यी हुन् संघको विभिन्न पदमा उम्मेद्धारी दिएका चिकित्सकहरु
-
सोलुमा बृहत मुटु स्वास्थ्य शिविर, २ हजार ४५६ जनाको भयो स्वास्थ्य परीक्षण
-







