रुघाखोकी निको पार्ने १३ उपाय

rughaरुघाखोकी, ज्वरोले सबैलाई दु:ख दिएको हुन्छ । यसले पूरै शरीर दुखाउनुका साथै सहज तरिकाले बस्न पनि दिँदैन । तर, हामीले यस्तो खानपान गर्‍यौँ भने यसबाट बच्न सकिन्छ ।

– भिटामिन डीको कमीले श्वाससम्बन्धी संक्रमण हुन्छ । त्यसैले भिटामिन डी पाइने माछा खाऔँ ।

– लसुनले एन्टिबायटिकको काम पनि गर्छ । एक अनुसन्धानअनुसार मंसिरदेखि फागुनसम्म लसुन खानु रुघाखोकी कम गर्नु हो ।

– जापानमा गरिएको एक अध्ययनले दैनिक भिटामिन सी सेवन गर्नेलाई रुघाखोकी कम हुन्छ । त्यसैले सुन्तला, कागतीजस्ता फलफूल सेवन गरौँ ।

– युनिभर्सिटी अफ भियानामा भएको एक सोधअनुसार प्रत्येक दिन २८ ग्राम दही खाँदा हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– खानासँग दैनिक एक टुक्रा रातो भेडेखुर्सानी सेवन गर्दा चिसोबाट बचाउँछ ।

– सन् २०१२ मा गरिएको एक अध्ययनले प्रत्येक दिन एक गिलास गाईको दूध पिउँदा प्रशस्त भिटामिन डी पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

– जाडोमा फिका चिया पिउँदा पनि राम्रो हुन्छ ।

– रुघाखोकी लागेका वेला अदुवा सेवन गरे अपत्यारिलो तरिकाले फाइदा गर्छ ।

– चिसोका कारण नाक बन्द भएको छ र श्वास लिन गाह्रो भएको छ भने सुपमा थोरै खुर्सानी मिसाएर पिउँदा ठीक हुन्छ ।

– बिहान उठेर जौ–गहुँका खाद्य खाँदा पनि राम्रो हुन्छ ।

– रुघाखोकी लागेमा चिकेन सुप बनाएर सेवन गर्दा शक्ति प्रदान हुन्छ । साथै, घाँटी दुखेको पनि निको हुन्छ ।

– तातो पानीमा मह मिसाएर खाँदा रुघाखोकी निको हुन्छ ।

– खानाको साथमा प्याज खानु राम्रो हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *