गर्भपतन बारेका तीन भ्रम र बास्तविकता

garvapatan

गर्भपतन अर्थात गर्भतुहिने अवस्था कुनैपनि महिलाका निकै पिडादायी कुरा हो । चाहे त्यो शारीरिक रुपमा होस या मानसिक रुपमा । यस्तो अवस्था आउनुको धेरै कारणहरु हुन्छन् । जस्तै संक्रमण, महिला अस्वस्थ्य हुनु लगायत ।

कतिपय अवस्थामा हर्मोनमा गडबढी हुँदा पनि यस्तो अवस्था आँउछ । गर्भतुहिने अवस्थाका बारेमा समाजमा धेरै खालका भ्रम छन् । ती मध्ये बढी सुनिने भ्रम र बास्तविकता हामीले यहाँ उल्लेख गरेका छौँ ।

१. एकपटक गर्भपतन गरेपछि गर्भ रहन्न भन्ने होइन : समाजमा अहिलेपनि एक पटक गर्भपतन वा गर्भपात गराइसकेको महिला त्यसपछि कहिल्यै आमा सक्दिनन भन्ने भ्रम छ । तर यो सरासर गलत हो । विशेषज्ञहरु भन्छन, पहिलो पटक गर्भपतन भएपनि दोस्रो पटक वा त्यसपछिका पटकहरुमा सजिलै गर्भवती हुनसक्छन् ।

२. गर्भवती महिलाको योनीबाट रगत निस्कदैमा गर्भपतन भयो भन्नु हुँदैन :  कतिपय मानिसहरुको धारणा गर्भवस्थाका बेला योनिबाट रगत निस्कियो भने त्यो गर्भ तुहियो वा गर्भपतन भयो भन्ने भ्रम छ । तर यो यस्तो मात्रै होइन्, रगत निक्लुन वा हल्का व्लिडिङ हुनु समान्य प्रक्रिया हो । गर्भवती भएको पहिलो तीन महिनामा यस्तो भइरहन्छ ।

३. गर्भपतन गरेको महिला जुनसुकै बेला पुन गर्भवती हुनसक्छिन् : यदि कुनै महिलाले पटक पटक गर्भपतन (गर्भ तुहिने) भएपछि ३ देखी ६ महिनाको बीचमा दोस्रो बच्चाको लागि प्रयास गर्नु राम्रो हुन्छ । तर पछिल्लो अनुसन्धान भन्छ, यदि महिला मानसिक वा शारीरिक रुपमा तयार भएमा जुनसुकै बेला पनि गर्भवती हुन सकिन्छ ।
-एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *