घरबाहिर काम गर्ने आमाका सन्तानमा मोटोपनको खतरा

moto baby

एजेन्सी –  घरबाहिर अथवा कार्यालयमा दिनभर काममा ब्यस्त रहने आमाका सन्तानहरु मोटोपनको सिकार हुने एक अध्ययनले देखाएको छ ।

अध्ययनकर्ताका अनुसार बढ्दो बालमोटोपन र बढ्दो आमाहरुको घरबाहिरको ब्यस्तताका बिच प्रत्यक्ष सम्बन्ध रहेको छ ।सन् १९७० देखि २०१४ सम्म संसारभर बालबालिकामा मोटोपनको संख्या दोब्बर भएर २० करोड पुगेको छ ।

डेनमार्कका अनुसन्धानकर्ताका अनुसार घरबाहिर ब्यस्त आमाका सन्ताहरु घरको शुद्ध खाना भन्दा पनि बाहिरी बजारको जंक फूड मा भर पर्नु पर्ने भएकाले मोटोपनको सिकार हुदैछन् । त्यस्तै ती बच्चाहरुमा शारीरिक ब्यायामको कमी, निद्राको कमी आदि कारणले पनि मोटोपन बढाउँछ ।

महिलाले घरबाहिर काम गर्न बन्द गर्नु यसको समाधान नभएको भन्दै ती महिलाहरुलाई परिवारले पूर्ण सहयोग गर्नुपर्ने अनुसन्धानको निचोड छ । अनुसन्धान प्रमुख बेङ्के गोडेज भन्छन् –  ‘बजारको खानामा चिल्लो, नुन र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ र बालबालिका यस्ता खानामा भर पर्नु पर्दा मोटोपनको सिकार बन्छन् ।’

बालबालिकामा हुने मोटोपनले भबिष्यमा उनीहरुमा मुटुरोग, मधुमेह जस्ता समस्या आउनुका साथै आयु पनि कम हुन सक्ने बिज्ञहरुको भनाई छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *