घरबाहिर काम गर्ने आमाका सन्तानमा मोटोपनको खतरा
एजेन्सी – घरबाहिर अथवा कार्यालयमा दिनभर काममा ब्यस्त रहने आमाका सन्तानहरु मोटोपनको सिकार हुने एक अध्ययनले देखाएको छ ।
अध्ययनकर्ताका अनुसार बढ्दो बालमोटोपन र बढ्दो आमाहरुको घरबाहिरको ब्यस्तताका बिच प्रत्यक्ष सम्बन्ध रहेको छ ।सन् १९७० देखि २०१४ सम्म संसारभर बालबालिकामा मोटोपनको संख्या दोब्बर भएर २० करोड पुगेको छ ।
डेनमार्कका अनुसन्धानकर्ताका अनुसार घरबाहिर ब्यस्त आमाका सन्ताहरु घरको शुद्ध खाना भन्दा पनि बाहिरी बजारको जंक फूड मा भर पर्नु पर्ने भएकाले मोटोपनको सिकार हुदैछन् । त्यस्तै ती बच्चाहरुमा शारीरिक ब्यायामको कमी, निद्राको कमी आदि कारणले पनि मोटोपन बढाउँछ ।
महिलाले घरबाहिर काम गर्न बन्द गर्नु यसको समाधान नभएको भन्दै ती महिलाहरुलाई परिवारले पूर्ण सहयोग गर्नुपर्ने अनुसन्धानको निचोड छ । अनुसन्धान प्रमुख बेङ्के गोडेज भन्छन् – ‘बजारको खानामा चिल्लो, नुन र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ र बालबालिका यस्ता खानामा भर पर्नु पर्दा मोटोपनको सिकार बन्छन् ।’
बालबालिकामा हुने मोटोपनले भबिष्यमा उनीहरुमा मुटुरोग, मधुमेह जस्ता समस्या आउनुका साथै आयु पनि कम हुन सक्ने बिज्ञहरुको भनाई छ ।
सम्पर्क इमेल : [email protected]