पूर्वी चीनमा रसायन चुहावटका कारण एक सय एकतिस बिरामी

[जिनान] चीन, १५ असार-  उत्तरी चीनको सान्दोङ प्रान्तमा भएको डिकेटिन नामक रसायन चुहावट हुँदा कम्तिमा १३१ जना यसको असरबाट बिरामी परेका चिनियाँ अधिकारीले बताएका छन् ।

सियानजियान गाउँमा बैचन बायोटेक्नोलोजी कम्पनीबाट ३० किलोग्राम डिकेटिन रसायन चुहिएपछि यसबाट वरपरका मानिसमा परेको असरका कारण बिरामी परेका सबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको पनि प्राप्त समाचारमा उल्लेख छ ।

रसायन चुहावट हुनुमा कम्पनीको लापरवाही देखिएको भन्दै यहाँको वातावरण विभागले उक्त रसायन प्लान्टलाई बन्द गर्न भनेको छ । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *