यी हुन् तीतेकरेलाका फाइदा र बेफाइदा

karala

तीतेकरेला एक तीतो फल हो । तीतेकरेला विशेष गरी तरकारी तथा अचार बनाउन उपयोगी हुन्छ । यसमा प्रशस्त मात्रामा एन्टीअक्सीडेन्ट नामक तत्व र भिटामिन पाइन्छ । करेलाको सेवन हामीले जुनसुकै अवस्थामा पनि गर्न सक्छौं । यसलाई जुस पनि बनाएर पिउन सक्छौं ।

तीतेकरेलाबाट हुने फइदाहरु :

बियाँ :

१. पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।

२. साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

फल :
१. ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।

२. मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

पात :
१. तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

२. तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

३. बर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

जरा :
१.  तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

२.  तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।

अन्य उपयोगिता :
तीतेकरेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

करेलामा फाइवरको मात्रा हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ र कब्जियतको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

शरीरमा हुने इन्फेक्सनबाट बचाउनुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता /इम्युनिटी पावर बढाउँछ ।

तीतेकरेलाबाट हुने बेफाइदाहरु :

१. गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।

२. यसको बढी सेवनले पेट दुख्ने र झाडा हुने सम्भावना हुन्छ ।

३. रक्तअल्पता ९एनिमिया० भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।

४. तीतेकरेलाको बियाँको घेरामा हुने तत्वले साना बालकहरूलाई विषादिको काम गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *