नियमित यौनसम्पर्क स्वास्थ्यका लागि लाभदायक

sex

 

एजेन्सी – स्वस्थ्य रुपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडिका लागि खुशीको खवर हुन सक्छ हालैको एक अनुसन्धानको नतिजा  इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि भएको पाइएको छ ।

सोही अनुसन्धानले यौनसम्पर्कमा साथ दिने पार्टनर अर्थात महिला महिलाको शरीरलाई पनि लाभ हुने बताएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार नियमीत यौन सम्पर्क गर्ने पुरुषको टेस्टोस्टेरोनको मात्रा बढछ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मुटुसम्वन्धी रोग लाग्नमा समेत कम गर्छ ।

प्राय पुरुषहरु मुटुसम्वन्धी रोगले बढी प्रभावित हुने भएकोले पनि नियमित यौनसम्पर्क उनीहरुका लागि बढी लाभकर हुने देखिएको छ । यद्धपी महिलाहरुका लागि पनि त्यसले उत्तिकै लाभ पु¥याउछ ।

त्यसैगरी अनुसन्धानकर्ताहरुले नियमीत यौनको सकारात्मक प्रभाव मधुमेहका विरामीहरुमा समेत परेको बताएका छन् । उनीहरुले भनेका छन् ,‘ नियमित यौनसम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण हुन्छ र यसले मधुमेहका रोगीहरुलाई राहत प्रदान गर्छ ।’ तर अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा पाटनरबीचको समझदारीलाई भने मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यदि यौनसम्र्कमा कुनै पाटनरको चाहनाविपरीत हो भने त्यसले सकारात्मक भन्दा नकारात्मक असर पु¥याउन सक्छ ।SEX

अनुसन्धानमा संलग्न डा. रोजेलि भन्छन, ‘नियमित यौनसम्पर्कले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै अर्थात पुरुष महिला यौनप्रति इमानदार रहनुपर्छ । नत्र त्यसले विपरीत असर गर्न पनि सक्छ ।’ उनले विवाह पहिलै सम्बन्ध राख्ने पुरुÈ तथा एकभन्दा बढीसाथीस“ग यौनसंसर्ग गर्ने पुरुलाई भने यौनसम्पर्क लाभकारी नरहने बताएका छन् । ‘किनकी एकभन्दा बढी साथीस“ग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुन्छ । त्यसको कमीले स्वस्थमा लाभ हुदैन । अनुसन्धानले त्यस्ता व्यक्तिका लागि विभिन्न खालका यौनरोगको खतराको सम्भावना पनि बढी बताउछ ।

यौनसम्पर्क पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने व्रिटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ ।

त्यसो त नियमित यौनसम्बन्धले शुक्रकिटको गुणस्तरमा समेत सुधार हुनुका साथै प्रजनन क्षमता समेत बृद्धि हुने अस्टेलियाली बैज्ञानिकद्धारा सन २००७ मा गरिएको एक अध्ययनले देखाएको थियो ।

अध्ययन अनुसार धेरैजसो पुरुषमा हुने शुक्रकिटको डिएनएमा हुने क्षतिलाई नियमित यौन सम्पर्कले हटाउने तथा रक्तचाप नियन्त्रण गर्न र मोटोपना नियन्त्रण गर्न समेत सहयोगी हुने देखिएको थियो ।

उता बेलायतमा करीव ३ हजार व्यक्तिमा गरिएको हालैको एक सर्भेक्षणले हरेक १० मध्ये एक महिला मोटोपनको सिकार हुने गरेको भेटिएको थियो । उनीहरुलाई मोटाउने कारणबारे बुझदा आफ्नो यौनजीवन रुखो हुने गरेको बताएका थिए । मोटामध्ये अधिकांशले बर्षदिन सम्म एक पटक पनि यौनसम्पर्क गर्न नपाएको खुलाशा गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *