आँप सेवन गर्नु शरीरका लागि फाइदै फाइदा

mango
स्वादिष्ट फल आँपको मौसम सुरु भएको छ । आँप स्वादिष्ट फल मात्रै होइन, यसका फाइदा पनि धेरै छन् ।

आँपमा फाइबर र भिटामिन सी हुन्छ । यसले खराब कोलेस्ट्रोल,डेसिटी लिपोप्रोटिनलाई कम गर्न मद्दत गर्छ, जसले गर्दा नसामा रगत जम्न पाउँदैन ।

आँप सेवन गर्दा आँखाको ज्योति राम्रो बनाउँछ । त्यस्तै, लगाउँदा छालालाई पनि सुन्दर बनाउँछ । यो खाँदा जति मजा आउँछ, प्याक बनाएर लगाउँदा त्यति नै फाइदा हुन्छ । प्याक बनाएर लगाउँदा छालामा टालिएका छिद्रहरूलाई खोल्न मद्दत गर्छ ।

आँपमा भएको भिटामिन ‘ई’ले यौन इच्छालाई बढाउन पनि मद्दत गर्छ । आँपले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । यसमा भएका तत्त्वले शरीरमा बढी भएको प्रोटिनलाई कम गराउन मद्दत गर्छ ।

आँपमा भिटामिन ए, सी, ईका साथै २५ प्रकारको कोरोटेनोइड हुन्छन्, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

आँप मात्र नभएर आँपको पात पनि उपयोगी हुन्छ । यसको सेवनले रगतमा इन्सुलिनको स्तर बढाउन सहयोग गर्छ । पातलाई रातभरि पानीमा भिजाएर छोड्ने र बिहान त्यसलाई छानेर पिउने गर्दा इन्सुलिनको मात्रा नियमित राख्न मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *