गर्भवतीलाई कस्मेटिक प्रयोग कति सुरक्षित ?

Pregnant belly isolated against white background
गर्भवती महिलाले धेरै कुरामा होसियार हुनुपर्छ । गर्भवती हुँदा मदिरा पिउन र धुम्रपान नगर्ने विषयमा धेरैलाई थाहा छ । तर, चिकित्सकहरूले पनि कस्मेटिक वा सफा गर्ने उत्पादक सामग्रीबारे भने कमै सुझाब दिएको पाइन्छ । कस्मेटिक पदार्थमा पाइने प्याथालेट्स, पाराबेन र लिडले गर्भवती महिलामा अरू समस्या थपिदिन्छ । निम्न रसायनका बारेमा गर्भवती महिला सावधान हुनुपर्छ ।

लिड : लिपस्टिक, आइस्याडोलगायतका अन्य कस्मेटिक सामग्रीमा प्रयोग हुने साझा तत्त्व हो लिड । कस्मेटिक सामग्रीमा २० पिपिएम लिड राख्न अनुमति दिइए पनि विभिन्न कम्पनीले योभन्दा बढी मात्रा प्रयोग गरेका हुन्छन् । अत्यधिक धातुको प्रयोगले स्वास्थ्यलाई नै गम्भीर हानि हुनसक्छ । लिड गर्भनाल र दूध ग्रन्थिमार्फत प्रवाह हुने र भ्रुण विकासलाई असर गर्ने भएकाले गर्भवती र दूध चुसाउने महिलालाई लिड हानिकारक हुन्छ ।

इसोट्रेटिनोनिन : यो औषधि छालाको रोग नियन्त्रण गर्न प्रयोग गरिन्छ । क्रिमलगायत मेकअपका सामग्री उत्पादन गर्न पनि यसको प्रयोग गरिन्छ । अर्काइभ अफ डर्मेटोलोजीमा प्रकाशित एक अध्ययनअनुसार गर्भावस्थामा इसोट्रेटिनोनिनको एक्स्पोजले भ्रुणमा गम्भीर असर गर्छ । जसले गर्दा बालबालिकाजन्मिदै सुस्त मनिस्थितिका हुन्छन् र भ्रुणको राम्रो विकाससमेत हुँदैन । तसर्थ, यस्ता सामग्री प्रयोग गर्नुअगाडि चिकित्सकहरूको परामर्श लिनुहोस् ।

पिथालेट्स : साबुन, स्याम्पुलगायतका केयर प्रोडक्टमा पाइने पिथालेट्सको दीर्घकालीन प्रयोगले पाँचदेखि १३ साताभित्र मिसक्यारिएजको सम्भावना हुन्छ । यसले गर्दा कारखानामा विभिन्न रसायनसँग एक्स्पोज हुने महिला मात्र होइन, आममहिला नै जटिल गर्भावस्थाबाट पीडित छन् ।

ट्रिक्लोसान र ट्रिक्लोकार्बन : साबुन, टुथपेस्ट र हामीले दैनिक प्रयोग गर्ने सामग्रीमा यस्तो रसायन हुन्छ । ट्रिक्लोसान र ट्रिक्लोकार्बनले गर्भवती महिलाको स्वास्थ्यमा समस्या ल्याउनुका साथै नवजात शिशुको आकारमा पनि असर गर्छ ।

एमोनिया : कपाल रंगाउने उत्पादनमा प्रयोग गर्ने यस्तो रसायनले छालामा एलर्जी ल्याउँछ । यी रसायनबाट क्यान्सर हुने सम्भावनासमेत हुन्छ । तसर्थ, गर्भवती महिलाले स्वाभाविक कलरको प्रयोग गर्नुपर्छ, जसले उनीहरूको शिर र कपाललाई कुनै असर गर्दैन । यस्ता रसायनको प्रयोगले प्रिम्याचुअर बर्थ, न्यून तौल भएका शिशुको जन्म र भ्रुणमा असर परी शिशु नै सुस्त मनस्थितिको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “गर्भवतीलाई कस्मेटिक प्रयोग कति सुरक्षित ?

  1. so what are the remedies for pregnant mother.. what are the best products they can use.. can u suggest..plzzz

Leave a Reply

Your email address will not be published. Required fields are marked *