मोटो बाबुकी छोरीमा स्तन क्यान्सरको खतरा : नयाँ अध्ययन

brest cancer

एजेन्सी – आमाको स्वास्थ्य र बच्चाको र बच्चाको भविष्यको स्वास्थ्यको सम्बन्धको बारेमा धेरै अध्ययनहरु भएका छन् । तर बाबुको स्वास्थ्य अवस्था र त्यसले बच्चाको स्वास्थ्यमा पार्ने प्रभावका बिषयमा कमै अध्ययनहरु गरिएका छन् ।

यस्तै बिरलै अध्ययनहरुको माझ गरिएको एक नयाँ अध्ययनले मोटो बाबुकी छोरीमा स्तन क्यान्सर हुन सक्ने संभावना प्रवल रहेको उजागर गरेको छ ।

बैज्ञानिकहरु मोटो बाबु र दुब्लो तथा मध्यम आमाकी छोरी जन्मदा बढी तौल भएको बच्चा जन्मिने र पुरै बाल्यकालमा तौल बढी हुने बताउँछन् । यसैगरी ती छोरीहरुको स्तनको तन्तुको बिकास ढिलो हुने र पछि गएर स्तन क्यान्सरको जोखिम बढी हुने अनुसन्धानले बताउँछ ।

बाबुको मोटोपना र बच्चाको क्यान्सर संम्भाब्यताको सम्बन्धबारेको यो अहिलेसम्मकै पहिलो अध्ययन हो ।

मोटोपनाले पुरुषको माइक्रो ‘आर.एन.ए’. को स्वरुपलाई परिवर्तन गरी शुक्रकीटको ‘डि.एन.ए’ मा परिवर्तन ल्याउँछ र यसको प्रभाव बच्चामा पर्न जान्छ । महिलाको स्तनको तन्तुलाई पनि माइक्रो ‘आर.एन.ए’ ले प्रभाव पार्ने हुँदा पुरुषको मोटोपनाको प्रत्यक्ष सम्बन्ध छोरीको स्तन क्यान्सरसंग देखिएको हो ।

अध्ययन ‘जर्जटाउन यूनिभर्सीटी मेडिकल सेन्टर’ को प्रयोगशालामा मुसामा गरिएको थियो । बैज्ञानिकहरु यहि नतिजा मानिसमा पनि लागू हुने बताउँछन् । यो अध्ययन साइन्टीफिक रिपोर्टस जर्नलमा प्रकाशित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *