दाँत चम्किलो कसरी बनाउने ? यी हुन् दश घरेलु उपाय

 

teeth1

१.  सोँफ – खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउनु दाँत तथा पाचन प्रणालीका लागि लाभदायक मानिन्छ । यसले दाँतको प्राकृतिक ब्रसको काम पनि गर्छ ।

२ . चीज –  चीज तथा पनीर दाँतका लागि निकै लाभदायक हुन्छ । चीज वा पनीरमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ जो दाँतलाई मजबुत बनाउन सहयोगी हुन्छ । यदि तपाइँको दाँत सड्न सुरु गरेको छ भने दिनहुँ चीजको एक टुक्रा खाने गर्नुहोस् । यसले दाँत सड्न रोक्छ ।

३. पानी- दाँत स्वस्थ राख्न प्रसस्त पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरका  विषाक्त तत्व बाहिर फाल्नुका साथै दाँत सड्न  बाट पनि रोक्दछ ।

४. चुइंगम –  चुइंगम चपाउनु पनि दाँतका लागि लाभदायक हुन्छ । यसले दाँतका छिद्र तथा गिँजाको सफाइ गर्न मद्दत पूराउँछ र चपाइरहँदा दाँतको व्यायाम पनि हुन्छ । यद्यपि शुगर फ्री चुइंगम नभएमा त्यसले सरीरमा चीनीको मात्रा बढाउन सक्छ ।

५.  किबी फल – किबी फल भिटामिन सी को निकै राम्रो श्रोत हो । यदि सरीरमा पर्याप्त भिटामिन सी भएमा कोलाजेन तत्वको स्तर पनि सन्तुलित हुन्छ । यसले दाँत र गिँजा मजबुत बनाउन मद्दत गर्छ ।

६. नाशपाती –  नाशपाती एक रेशादार फल हो । यसको नियमित भोजनले दाँतलाई चम्किलो तथा सेतो बनाउन मद्दत गर्नुका साथै मजबुत समेत बनाउँछ ।

७. सुन्तलाको जुस – प्रतिदिन सुन्तलाको जुस पिउनाले शरीरमा भिटामिन सी तथा क्याल्सियम प्रसस्त मात्रामा पाइन्छ । यसले दाँत तथा हड्डीलाई मजबुत बनाउन तथा सरीरमा उर्जा प्रदान गर्न समेत मद्दत गर्छ ।

८.  दुध –  दिनहुँ कम्तिमा एक गिलास दुध पिउनु दाँतका लागि समेत निकै लाभदायी हुन्छ । दुधमा भरपूर मात्रामा क्याल्सियम तथा अन्य पौष्टिक तत्व समेत पाइन्छ जो दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।

९. स्याउ – गिजालाई स्वस्थ तथा दाँतलाई मजबुत बनाउन दिनहुँ एक वटा स्याउ निकै महत्वपूर्ण हुन्छ । स्याउ खानाले दाँत सफा समेत हुन्छ ब्याक्टेरियाको वृद्धि हुन पाउँदैन ।

१०. तिल – तिल चपाउनु पनि दाँतको लागि निकै लाभदायक हुन्छ । तिलमा क्याल्सियम प्रसस्त मात्रामा पाइन्छ । यसले दाँतलाई मजबुत बनाउनुका साथै यसलाई चपाउँदा दाँतका छिद्रमा जमेको फोहोर पनि हट्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *