स्वस्थ मुटुका लागि खानुहोस् यी खानेकुरा

heart check up

हरियो सागपात

मुटुका लागि हरियो सागपात अत्यन्त उपयोगी हुन्छ । रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ । यस्ता सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर अत्यन्त धेरै हुन्छ । त्यस्तै, फोलिक एसिड, म्याग्नेसियम, क्याल्सियम, पोटासियम पनि हुने भएकाले मुटुलाई स्वस्थ राख्न सागपात धेरै खानुपर्छ । दैनिक सागपात खानाले मुटुको समस्या हुने सम्भावना ११ प्रतिशतले घट्छ ।

गहुँ, जौ र दाल

गहुँबाट बन्ने खानाका परिकार तथा जौबाट बनाइने ‘ओट्स’ मुटुका लागि अत्यन्त स्वास्थ्यवद्र्धक हुन्छ । यस्ता खानेकुरा खानाले शरीरमा भएको एलडिएल ९खराब कोलेस्ट्रोल० हट्छ । ब्रेकफास्टमा यस्ता खानेकुरा खाँदा मुटुका समस्याबाट बच्न सकिन्छ । त्यस्तै कोदो, मासको दाललगायतका खानेकुराले पनि ब्लड प्रेसर घटाउन सहयोग गर्छ ।

सोयाबिन

रातो मासुको सट्टा सोयाबिनको सेवन बढी गर्नाले हाम्रो शरीरले धेरै फाइदा पाउँछ । सोयाबिन विभिन्न तरिकामा अहिले बजारमा सहजै पाइन्छन् । शरीरको बोसो पगाल्न पनि यसले सहयोग गर्छ ।

ओलिभको तेल

मुटु स्वस्थ राख्न ओलिभको तेलले पनि सहयोग गर्छ । शरीरबाट एलडिएल हटाउन यसले ठूलो भूमिका खेल्छ । ‘मनोअनस्याचुरेटेड’ बोसो हुने भएकाले मुटुलाई ओलिभको तेलले स्वस्थ राख्न सहयोग गर्छ ।

गोलभेँडा

गोलभेँडा भिटामिनको अत्यन्त राम्रो स्रोत हो र यसले रगतलाई शुद्ध बनाउने काम गर्छ । गोलभेँडाको नियमित सेवनले मुटु समस्याको जोखिमलाई घटाउँछ । गोलभेँडामा हुने भिटामिन ‘के’का कारण ‘हेमोरेज’ हुने सम्भावना पनि अत्यन्त कम हुन्छ । गोलभेँडा काँचै तथा पकाएर जसरी पनि खान सकिन्छ ।

स्याउ

स्याउ दैनिक एउटा स्याउ खानाले चिकित्सककहाँ जानुपर्दैन भन्ने त भनाइ नै छ । मुटुको स्वास्थ्यका लागि पनि त्यति नै आवश्यक छ । रगत जम्नबाट रोक्ने भएकाले दैनिक स्याउ खानाले धेरै फाइदा पुग्छ । स्याउ जुनसुकै समयमा खाँदा पनि मुटुका लागि राम्रो हुन्छ ।

रेड वाइन

‘रेस्भेराट्रोल’ नामको ‘एन्टिअक्सिडेन्ट’ हुने भएकाले रेड वाइन मुटुका लागि फाइदाजनक हुन्छ । समय–समयमा ठिक्क मात्रामा रेड वाइन खाने हो भने मुटुको स्वास्थ्य राम्रो हुने विश्लेषक बताउँछन् । अन्य पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ, तर रेड वाइनमा ‘फ्ल्भानोयड्स’ हुने भएकाले मुटुका लागि यो फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *