तपाइँको ब्लड ग्रुप कुन हो ? खानुहोस् यी ब्लड ग्रुप अनुसारका खानेकुरा

blood groupमानिसको शरीरलाई स्वस्थ र निरोगी बनाई राख्नको लागि बिभिन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ र खानेकुरा के खाने र के नखाने भन्नेमा ब्यक्ति आँफैलाई थाहा भएको हुन्छ । तर मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा मानिसमा बिभिन्न किसिमका रोगहरु (एसिडिटी, अपच, कब्जियत) लाग्न सक्ने पाइएको छ ।

पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँने बताएका छन् ।

कुन ब्लड ग्रुप भएका ब्यक्तिले के खाने :

समूह ए 

 यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ । दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ । तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ । कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ ।

समूह बी

यो  ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ । यो रक्त समूह भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ ।

समूह एबी

यो कम मान्छेमा पाइने गु्रप हो । यो गु्रप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन ।  यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।

समूह ओ

यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुलेयो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ ।

एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *