यी हुन् गर्भावस्थामा बमिट रोक्ने पाँच घरेलु तरिका

garvaosta

गर्भावस्था एक जटिल अवस्था हो यस्तो अवस्थामा गर्भवती महिलालाई धेरै प्रकारका समस्या आउन सक्छन् । यो समयमा सामान्य समयभन्दा फरक लक्षण देखिन सक्छन् । टाउको दुख्ने, बमिट आउने प्रमुख समस्या हुन्छ ।

यसका लागि अपनाउनुस् यी तरिका :

१.  गर्भावस्थाका बेलामा बमिट रोक्नका लागिअदुवा धेरै उपयोगी हुन्छ । ताजा अदुवामा नुन लगाउने या अदुवाको रसमा कागती मिलाएर पानी पिउँदा राम्रो हुन्छ । यसले बमिट हुन रोक्नुका साथै टाउको दुखाइ पनि कम गर्छ ।

२.  जिरामा मह बराबर मिलाएर बिहान उठ्नासाथ दैनिक सेवन गर्नाले शरीरलाई आराम र तागत दिनुका साथै टाउको दुख्नबाट पनि बचाउँछ ।

३. धनियाँको पातको रस बनाएर कागतीमा मह मिलाएर सेवनल गर्नाले फाइदा हुन्छ ।जब स्वास्थ्यमा खराबी भएको महसुस हुन्छ, तब यो पिउँदा राम्रो हुन्छ । सकिन्छ भने बिहान उठ्नासाथ पिउँदा पनि राम्रो गर्छ ।

४.  दिनमा तीनपटक पुदिनाको रसमा मह मिलाएर पिउँदा पनि गर्भवती अवस्थामा शरीरलाई फाइदा गर्छ ।

५.  बिहान उठेर नित्यकर्मपछि सामान्य खालका एक–दुईवटा बिस्कुट खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । र बोमटि आउने सम्भावनालाई कम गर्न मद्दत गर्छ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *