सुन्दर छालाका लागि पिउनुहोस् चिया

tea

चिया पिउनु मानसिक, संवेगात्मक, सामाजिक तथा शारीरिक रुपले फाइदाजनक हुन्छ ।

चियाको सेवले मानिसमा सौन्दर्य वृद्धि मात्र होइन तौल घटाउन तथा जिउको छालामा जलप्रवाहलाई नियमित बनाएर सुख्खा हुनबाट बचाउँछ। छालामा पानीको प्रवाह गर्छ । छाला तथा शरीरका अन्य अंगमा हाइड्रेसन अर्थात् पानीको पर्याप्त प्रवाह स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ ।

चाहे ब्लाक टी होस् वा मिल्क टी वा ग्रिन टी यी सबैको सन्तुलित सेवन छालाको स्वास्थ्यका लागि महत्पपूर्ण हुन्छ । पसिनाबाट नष्ट हुने शरीरको पानीलाई पुनभरण गर्न चियापानले महत्वपूर्ण भूमिका खेल्छ । चियापानले छाला पोल्ने तथा चिलाउने जस्ता समस्या समेत कम गर्ने गर्न मद्दत गर्छ ।

चियाको सेवनले वजन नियन्त्रणमा समेत सहयोग गर्छ । चिया नपिउने मानिसमा भन्दा पिउने मानिसहरुमा मोटोपनाको समस्या कम हुने एक अध्ययनले देखाएको छ । यसका लागि चिनी नराखिएको मिल्क टी निकै उपयुक्त हुन्छ ।

चियामा हाम्रो छालाका लागि अत्यावश्यक जलप्रवाह गर्ने गुण हुने तथा वजन नियन्त्रणमा समेत सहयोगी हुने मात्र होइन अनुहारको चायापोतो हटाउन तथा अनुहारलाई चम्किलो बनाउन टी ब्याग निकै सहयोगी बन्दछ ।

मनतातो पानीमा टि ब्याग छापेर चिम्लिएको आँखामाथि केहीबेर राख्नाले आँखा वरपरको कालो धब्बा तथा दाग हटाउन मद्धत गर्दछ । चिया हालेर पकाएको पानीले कपाल धुँदा कपाल झर्ने समस्या समेत कम हुन्छ ।

एजेन्सीको सहयोगमा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *