मोटोपन नियन्त्रण गर्न चाहनुहुन्छ ? खानुहोस् दैनिक एक चम्चा जिरा

jira

दैनिक रुपमा भान्सामा मसलाको प्रयोग हुने जिरा एउटा यस्तो मसला हो, जसले खानालाई स्वादिलो र बासनादार बनाउन मद्दत गर्छ । यसको उपयोगिता केवल स्वादिष्ट खानाका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त मानिन्छ । जिरालाई बिभिन्न किसिमका रोगमा औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

जिरामा हुने म्यागनिज, लौह तत्व, म्याग्निशियम, क्याल्सियम, जिंक र फस्फोरस जस्ता तत्वहरुले मानव स्वास्थ्यमा महत्वपूर्ण फाइदा पु¥याउँछ । मेक्सिको, दक्षिण अमेरिका, इण्डिया तथा नेपालमा धेरै प्रयोगमा आउने जिराको महत्वपूर्ण विशेषता भनेको यसले तीव्रगतिमा मोटोपन घटाउन र तौल घटाउन सहयोग गर्छ ।

 जिराको पाउडरको सेवनले शरीरमा बोसोको मात्रालाई कम गर्छ । यसले  तौल घटाउन मद्दत गर्छ ।

एउटा ठूलो चम्चा जिरालाई एक गिलास पानीमा भिजाएर एक रातभर राखी बिहान उमालेर चिया जस्तै तातो बनाएर पिउने र जिराका दानालाई पनि चपाउनाले निकै फाइदा गर्छ। यो प्रक्रियालाई दैनिक रुपमा प्रयोग गर्नाले शरीरको कुनै पनि ठाउँमा अनावश्यक रुपमा जम्मा भएको बोसोलाई कम गर्छ । तर जिराको धूलो खाइसकेपछि एक घण्टासम्म केही खान नखानुहोस्  ।

भुटेको हिंग, बिरेनुन र जिरा बराबर मात्रामा मिलाएर धूलो बनाई यसलाई १/३ ग्रामका दरले दैनिक दुई पटक खानाले पनि मोटोपन घटाउन सहयोग गर्छ ।

जिराको सेवनले शरीरको अनावश्यक मोटोपनलाई मात्र घटाउँदैन, यसले शरीरमा रक्तसञ्चारलाई पनि नियमित बनाउँछ । साथै कोलेस्ट्रोल घटाउन पनि मद्दत पुग्छ ।

जिराले हाम्रो पाचन प्रणालीलाई पनि ऊर्जाशील बनाउन मद्दत गर्छ । साथै यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन सहयोग गर्छ । पाचन प्रणालीलाई चुस्त बनाउनका लागि पनि यसले मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *