सैचनका औषधीय गुण

saichan

सैचनमा मल्टी भिटामिन, एन्टीअक्सिडेन्ट, एमिनो एसिड हुन्छ । यो फिलिपिन्स, मेक्सिको,, श्रीलंका, मलेशिया जस्ता देशहरुमा सैचन सहज रुपमा पाइन्छ र ती देशहरुमा बढी खाने चलन छ । नेपालमा पनि सैचन तरकारीको रुपमा प्रयोग भएको पाइन्छ । यसमा प्रशस्त मात्रामा औषधीय गुण हुन्छ ।

सैचनमा प्रशस्त मात्रामा काबोहाइड्रेट, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, भिटामिन सी का सिाथै भटामिन बी कम्प्लेक्स पाउन सकिन्छ । यसमा दूधको तुलनामा चार गुण बढी क्याल्सियम तथा प्रोटिन पाउन सिकन्छ ।

सैचनको नियमति सेवनले आँखा सम्बन्धी समस्या, कम्मर दुख्ने तथा बाथ रोगका लागि उपयोगी हुन्छ । सैचनको जरा दम तथा पत्थरी रोगलाई उपयोगी हुन्छ ।

यसको सेवनले खानामा रुचि जगाउँनुका साथै पाचन प्रक्रियालाई मद्दत गर्छ ।

सैचनको तरकारी खानाले पिसाब थैलीको पत्थरीका लागि लाभदायी हुन्छ ।

सैचनको पातको रस निकलेर बच्चालाई खुवाउनाले पेटमा भएको किटाणुलाई नष्ट पार्छ । साथै झाडावान्ता समेत निको हुन्छ ।

सैचनको नियमित सेवनले मोटोपन नियन्त्रण गर्न मद्दत मिल्नुका साथै यसले यसको सेवनले यौन क्षमता बढाउन मद्दत गर्छ ।

सैचनमा प्रशस्त मात्रामा क्याल्सियम हुने भएकोले यसको सेवनले हड्डीलाई मजबुत बनाउँछ ।

यसमा हुने भिटामिन ए ले आँखालाई तेजिलो बनाउनुका साथै सौन्दर्य बढाउनमा पनि मद्दत गर्छ ।

यसको नियमित सेवनले शरीरमा रगत सफा बनाउँछ । यो गर्भवती महिलाका लागि निकै लाभदायी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *