क्यान्सरपिडित बालिकाद्वारा सहयोगको अपिल

बागलुङ, ८ असार – नौ बर्षको कलिलो उमेरमा ब्लड क्यान्सरवाट पिडित बनेकी जिल्लाको भकुण्डेकी एक बालिकाले सहयोगको अपिल गरेकी छिन् । ब्लड क्यान्सरबाट  पिडित बनेकी भकुण्डे–५ की नौ वर्षीया बालिका मनिषा बोहोराले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी हुन् ।

आर्थिक अवस्था कमजोर भएका बोहोराको परिवारले मनिषाको ज्यान बचाउन सक्दो सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । गत २०७२ साल चैत महिनामा उनलाई क्यान्सर भएको थाहा पाएपछि कान्ति बाल अस्पताल, काठमाडौँमा उपचारका लागि राखिएको परिवार स्रोतले बताएको छ । उपचारका क्रममा आफूसँग भएको रकम सकिएकाले अहिले उपचारका लागि समस्या भएको क्यान्सरपिडित बोहोराकी आमा माया किसानले बताएन्।

न्यून आर्थिक अवस्थाका कारण रोजगारीका लागि साउदी पुगेका मनिषाका बाबु खिमबहादुर किसान पनि छोरी बिरामी भएपछि स्वदेश फर्किएका छन् । मनिषाको उपचारका लागि अहिले दैनिक न्यूनतम रु पाँच हजारदेखि रु ६ हजारसम्म खर्च हुने गरेको छ । मनिषाको उपचारका लागि अझै तीन वर्षसम्म अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । बोहोराको उपचारका लागि मनिषा उपचार सहयोग समिति बनाएर मनिषा बचाउ अभियान चलाइएको छ ।

गाउँ नजिकै रहेको चौतारेडाँडा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत मनिषा गत चैत महिनामा लगातार बिरामी भएपछि उपचारका क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । पीडित बालिकाले आफूलाई बचाउन सबैलाई अग्रह गरेकी छिन् । “मलाई बाँच्ने मन छ, धेरै पढ्ने मन छ, मनाई बचाउनूस्”, मनिषाले भनिन् ।

सहयोगका लागि हिमालयन बैंक बागलुङको खाता नम्बर ०२९०६२११५८००१८ मा सहयोग रकम जम्मा गरिदिन परिवारले अनुरोध गरेको छ । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *